स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारीमा प्राणघातक रोग दादुरा रुबेला र पोलियो खुवाउने अभियान फाल्गुन १० देखि शुरु

हल्दिवारी । प्राणघातक रोग दादुरा रुबेला र पोलियो संसारबाट उन्मूलन गर्ने विश्व स्वास्थ्य सङ्गठनको अभियानमा हल्दिवारी गाउँपालिले सक्रियता बढाएको छ।

Advertisement

दादुरा रुबेलाको कारण मानिसको ज्यान जान सक्ने र पोलियोका कारण मानिस अपाङ हुने भएकाले नै यो अभियानलाई गाउँपालिकाले सबै वडा ,विद्यालय ,टोलटोलमा फाल्गुन १० देखि १६ सम्म गर्नलागेको हो ।

Advertisement

यो अभियानले कुनै बालबालिका छुट्न नहुने र नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई दादुरा रुबेला र जन्मेदेखि पाँच वर्षसम्मका बालबालिकालाई पोलियो खोप अभियान सञ्चालनमा ल्याएको छ ।

यसअन्तर्गत हल्दिवारी गाउँपालिका भरिमा दादुरा रुबेला ३५३९ बालबालिकालाई र पोलियो २५ सय बालबालिकालाई खुवाउन लागिएको हल्दिवारी गाउँपालिका स्वास्थ शाखा प्रमुख पुष्कर निरौलाले जानकारी दिएका छ्न । 

अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले अभियानलाई सफल पार्न आर्थिक तथा भौतिक सहयोग सहित सफल पार्नु पर्नेमा जोड दिएका थिए। अध्यक्ष लिङ्गदेनले भविष्यका कर्णधार बालबालिकालाई रोगमुक्त गर्न यो अभियान सञ्चालन भएको र यसलाई सफल बनाउन जनप्रतिनिधि, शिक्षक ,सञ्चारकर्मी ,अभिभावकले साथ दिनुपर्ने बताए ।

 

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article