हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

हल्दिवारीमा ३ महिने सिलाइ कटाइ तथा डिजाइनिङ्ग तालिम शुरु

 जलथल। हल्दिबारी गाउँपालिका वडा नम्बर ४ महिला बिकास समितिको आयोजनामा ३ महिने सिलाइ कटाइ तथा डिजाइनिङ्ग तालिम जलथल पुरानो स्वास्थय चौकी भवनमा सुरु भएको छ ।

Advertisement

वडा अध्यक्ष होम प्रसाद चुडालको प्रमुख आतिथ्य तथा कार्यपालिका सदस्य गिता देवि भण्डारीको अध्यक्षता उद्द्घाटन कार्यक्रम सम्पन्न भएको थियोे । तालिममा २४ जनाले तीन महिना सम्म प्रशिक्षण लिनेछ्न ।

Advertisement

वडा कार्यलयले आत्मनिर्भर बनाउनको लागि यो तालिमको आयोजना गरेको जनाएको छ। महिला बिकास मार्फत छुट्टाएको २ लाख रुपैयामा २ जना प्रशिक्षक मिरा मैनाली र कुमारी घिमिरेले कटिङ तथा डिजाइन सम्बन्धि तालीम दिनेछ्न।

हल्दिवारी गाउँपालिका ४ नम्बर वडाले यो चालू आर्थिक बर्षमा १ सयलाई सिपमुलक तालीम दिई स्वरोजगार बनाउने लक्ष लीएको कार्यक्रममा वक्ताहरुले जनाएका छ्न। उद्द्घाटन कार्यक्रममा प्रमुख अतिथी होम चुडाल ,कार्यक्रम अध्यक्ष गिता देवि भण्डारी ,वडा सदस्य महेसलाल मेचेले शुभकामना मन्तव्य राखेका थिए ।

ॐ कुमारी बास्कोटाले स्वागत गरेको कार्यक्रमको सहजीकरण वडा सचीव जय प्रसाद पोखरेलको रहेकोे थियोे 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)