समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

प्रधानमन्त्री ६९औं जन्मदिन मनाउन जन्मघर तेह्रथुम जाँदै

केपी शर्मा ओली

६९औं जन्मदिन मनाउन प्रधानमन्त्री जन्मघर तेह्रथुम जाँदैप्रधानमन्त्री ओलीको इवास्थित घरप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मघर पुगेर मनाउने भएका छन् ।तेह्रथुम जिल्लाको आठराई गाउँपालिका–२ इवापोखरीको पुर्ख्यौली घरपुगेर उनले जन्मदिन मनाउने भएका हुन् ।

Advertisement

प्रधानमन्त्री ओलीको ६९औं जन्मदिन ११ फागुनमा पर्छ । सो दिन पिता मोहनप्रसाद ओली, श्रीमती राधिका शाक्य, भाइ र बहिनीहरुसहित जन्मघर इवा जाने पारिवारिक स्रोतले जनायो ।११ फागुन, २००८ मा जन्मिएका ओली १२ वर्षको उमेरमा पिता मोहनप्रसादसँगै झापाको शरणमतीस्थित चप्रमारीमा बसाइँ सरेका थिए । त्यसको केही समयपछि गरामनीहुँदै पछि पृथ्वीनगरको सोमबारे ९हाल भद्रपुर नगरपालिका–२० बसाइँ सरेका थिए ।

Advertisement

ओलीका पिता मोहनप्रसाद ओलीले २०२० तिरै सो पुर्ख्यौली घर छोडे पनि २०४८ सालपछि बेचेका थिए । आफ्नो जन्मघर बेचेका ओलीले केही वर्षअघि मात्र स्थानीय खगेन्द्र तामाङबाट पुनः किनेका थिए ।२ वर्षअगाडि प्रधानमन्त्री ओलीले आफू जन्मेको घरसहित २५ रोपनी जग्गा १० लाख ५० हजार रुपैयाँमा किनेका थिए ।

प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन यसपटक जन्मघर तेह्रथुममा मनाउने तयारी भएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।प्रधानमन्त्री ओलीले २ सय २५ रोपनी जग्गा किनेर आफू जन्मेको घरलाई संरक्षण गरी पोलिटेक्निक इन्स्टिच्युट स्थापना गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीका पिता अहिले पनि झापाको पृथ्वीनगरस्थित सोमबारेमा कान्छा छोरा जयप्रसादको घरमा बस्दै आएका छन् ।बाल्यकाल्यमै मातृ वात्सल्य गुमाएका प्रधानमन्त्री ओलीलको न्वारानको नाम भने धु्रवप्रसाद ओली हो । उनलाई पिता मोहनप्रसादले अहिले पनि धु्रव भनेर बोलाउँछन् ।छोरा धु्रवको जन्म दिन मनाउन सधैं काठमाडौं आउने गरेका मोहनप्रसाद यसपालि भने झापाबाटै तेह्रथुम जाने भएका छन् ।

 

: लिलाराज खनाल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article