haldibari.com
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

 बद्रीप्रसाद पहाडीद्वारा एक करोड सहयोग

विराटनगर निवासी प्रसिद्ध समाजसेवी एवं मानव अधिकार तथा शान्ति समाजमा संस्थापक सभापति बद्रीप्रसाद पहाडीले भवन निर्माणका लागि एक करोड सहयोग गरेका छन् उनले मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय कार्यालय निर्माणको लागि भवन निर्माणको लागि रकम सहयोग गर्ने घोषणा गरेका हुन् ।पहाडी परिवारका अनुसार उक्त भवन निर्माणका लागि केही जग्गा छुट्याइएको र सहयोग रकम क्रमश गर्दै जाने र भवन निर्माण कार्य सुरु भएपछि सबै रकम शान्ति समाजको खातामा जम्मा गरिनेछ ।मानव अधिकार तथा शान्ति समाजले ठूलो रकम सहयोग गरेकोमा बद्रीप्रसाद पहाडीप्रति आभार प्रकट गरेको छ ।पहाडी परिवारले यस वर्ष विभिन्न संघ, संस्था तथा निकायलाई १ करोड ३२ लाख नगद र जग्गा गरी पौने दुई करोड सहयोग गरेको छ ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article