हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

विराट – अर्जुनको रक्तदान कार्यक्रममा १२० जनाले गरे रक्तदान

हेमन्त कुमार मैनाली, बिर्तामोड । विराट – अर्जुन उपभोक्ता सहकारी सस्था लि. बिर्तामोड ४ को आयोजनामा सम्पन्न भएको रक्तदाता सम्मान तथा रक्तदान कार्यक्रममा १२० जनाले रक्तदान गरेको रक्त सञ्चार सेवा केन्द्र बिर्तामोडले जनाएको छ।

Advertisement

Advertisement

प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्य तथा सस्थाका अध्यक्ष नवीन खरेलको सभापतित्वमा भएको सम्मान तथा रक्तदान कार्यक्रममा ५० पल्ट भन्दा बढी रक्तदान गर्नु हुने ५ जनालाई उत्कृष्ट मानवीय सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियोे ।

सम्मानित हुनुहुनेमा  हल्दिवारी डटकमका प्रधान सम्पादक नेत्र बिक्रम बिमली(१०४ पटक ),तोर्ण बिक्रम कार्की (७६ पटक ),सन्तोष अग्रवाल (७५ पटक ), ओमप्रकाश लुइँटेल (७० पटक ),दिपेस बैध , असारु राजवन्सी ५० भन्दा माथी ,भुपेन्द्र भण्डारी ४२ पटक नेगेटिभ ग्रुप  रहेको सस्थाले जानकारी दिएको छ।

 

उक्त कार्यक्रम मा प्रमुख अतिथी प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेल ,रेडक्रस झापा सभापति लोकराज ढकाल ,सस्थाका अध्यक्ष नवीन खरेल तथा सम्मानित हुने पत्रकार सन्तोष अग्रवालले शुभकामना मन्तव्य राख्नु भएको थियोे । 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)