हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा,तीन जना पक्राउ

     झापाको मेचीनगरमा कोठा भाडा लिएर यौन धन्दा चलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

Advertisement

पक्राउ पर्नेमा जिल्ला मोरङ विराटनगर उप महानगरपालिका ५ घर भई हाल झापाको मेचीनगर नगरपालिका ७ बस्ने ४४ वर्षीय तुलसी कट्टेल, मेचीनगर नगरपालिका ७ बस्ने ५८ वर्षीय हरि भन्ने शिवप्रसाद घिमिरे र मेचीनगर नगरपालिका ६ बस्ने ४६ वर्षीय सूर्य भन्ने श्यामप्रसाद सिवाकोटी रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायव उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।

Advertisement

तीन जना पक्राउ परेसँगै दुई युवतीलाई त्यहाँबाट उद्धार गरी प्रहरीले घर पठाइ दिएका छन् । यता पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)