साहित्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गजल ” सुन प्रिये “

नजर बिछयाएर बसेको छु तिमी आउने प्रतीक्षामा
निंद्रा टुटनू ‘भन्दा पहिलै आई दिनु मेरो सपनीमा

Advertisement

प्रेमको चिराग़ जगाएर तिम्रो दिलमा बस्न देउ
आंधी बतास चली रहोस यसलाई निभ्न न देउ

Advertisement

आशाको रोशनी बालेको छु तिम्रो प्रतीक्षामा
प्राण त्याग्नु पहिलै मिलन होस तिम्रो आगमनमा

मिलनको आशा राखेको छु मैंले दिलमा सजाई
आशा टुटेर जानु पहिलै तिमीआउनु मुस्कुराई

म मन. मगन भएर तिम्रो दिलमा रोशनी जलाउ कि
बश तिमीलाई प्रेमको रस रंगमा
सजाउ कि

मेरो दिलमा तिम्रो प्रेमको दीपक सदा जलि रहुँला
तिमी आफ्नो स्नेहले यसलाई प्रज्वलित गरी रहुँला

प्रकृति पनि गाउलीन गीत
तिमी आउने खुशीमा
मौसम पनि बदलिनु पहिलै
तिमी आउने पलमा

तिमी प्रति मेरो श्रद्धा मेरो आस्था
त्यसै रहन देउ
बश तिमी प्रेमको त्यो फूललाई मुर्झाउन न देउ l
– देवेन्द्र किशोर ढुङगाना
नेपाली साहित्य परिषद
भद्रपुर, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article