साहित्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : म मतदाता

 

Advertisement

एक चोक्टा मासु भातमा नै मत साट्छु
मत माग्न आउनेहरु सबैलाई नै ढाट्छु
खाली हात कहिले म मत त नै हाल्दिन
मासु भात पैसामा आफ्नो मत साट्छु!

Advertisement

लपनछपन म त केही पनि जान्दै जान्दिन
बिना पैसा मासु भात म त मत नै हान्दिन
गरिबको जिन्दगी एक छाक मासु भात रैछ
बिना मासु भात म त कसैलाई मत नै हान्दिन!

हेर्नुस् मेरो लागि विकास सिकास मारो गोली
आज त एक छाक खाउ जे जसो होला भोलि
विकास नभएर पछुतोमा परेको छु आज भोलि
लाग्छ भ्रष्टाचारीलाई हान्दिउ लाग्छ एक गोली!

नेताले विकास गर्देलान् नि भन्दै भन्दै दिन काट्छु
सधैं एकान्त बसेर आफूले आफ्नो मुख लोपार्छु
मलाई मासु भातमा मत हाल्न सधैं बाध्य बनाउने
गरिबको नाउँ जपेर मत जित्नेलाई भेटे त कोपार्छु!

मेयर साबले पनि यो गर्छु उ गर्छु भनेर बेस्सरी ढाटे
गरिबलाई एक छाक मासु भात देर जनाको मत साटे
उपमेयर त झन् चलाख असाध्यै ध्रुत नै चलाख बाठो
उपमेयर पुनः उमेदवार बने जनता छैनन् कोही लाटो!

म मतदाता पनि त एक छाक मासु भातमा नै बिके
हेर्नुस् उमेदवार नै रहेछन् वादका गुटका नै पो टिके
म मतदाता पनि धिकार रहेछु मासु भातमा नै बिके
उसको मासु भात अर्कोलाई मत अब बल्ल मैले सिके!

राज कुमार कार्की
मे न पा-१५, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article