साहित्य
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

गजल : बिमार देश दबाई दिलाउन खोजिरहेछु

बिमार देश दबाई दिलाउन खोजिरहेछु
उपचार बाट मुक्ति ल्याउन खोजिरहेछु
टिप न कापी कलम देखाएर केही नयाँ
चेतनाको बिहानी त्यो फिजाउन खोजिरहेछु

किसान ज्यामी शिक्षक सबै अघि पाइला चाल्नुपर्छ
यही देशलाई केही अगाडि बढाउन खोजिरहेछु
पिछडिएका‍ ठाउँमा चेतनाको दियो बाल्दै
नयाँ सुरुवातको आस्था बोकी रमाउन खोजिरहेछु

देशै बेच्न पो खोज्दै छन् केही पापीहरू
ती विरुद्ध आवाज उठाउन खोजिरहेछु

-रमला दंगाल
फिक्कल, इलाम

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)