साहित्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

गजल : बिमार देश दबाई दिलाउन खोजिरहेछु

बिमार देश दबाई दिलाउन खोजिरहेछु
उपचार बाट मुक्ति ल्याउन खोजिरहेछु
टिप न कापी कलम देखाएर केही नयाँ
चेतनाको बिहानी त्यो फिजाउन खोजिरहेछु

Advertisement

किसान ज्यामी शिक्षक सबै अघि पाइला चाल्नुपर्छ
यही देशलाई केही अगाडि बढाउन खोजिरहेछु
पिछडिएका‍ ठाउँमा चेतनाको दियो बाल्दै
नयाँ सुरुवातको आस्था बोकी रमाउन खोजिरहेछु

Advertisement

देशै बेच्न पो खोज्दै छन् केही पापीहरू
ती विरुद्ध आवाज उठाउन खोजिरहेछु

-रमला दंगाल
फिक्कल, इलाम

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article