साहित्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कबिता :– शिर्षक ” परिहास ” :दयानन्द गौस्वामि

परिहास नै भयो यो जीन्दगी
लाखौं चोटहरु सहें यौवनमा,

Advertisement

घायल अन्तरमनको चातक
उडान भर्दछ नीलो गगनमा,

Advertisement

तृष्णित ती टिलपिल ताराहरु
गर्दछन् उपहास मन मगनमा,

विश्वासको त्यो दियो बालेर
कसरी खोजुँ अंधकार लाई?

आफ्नै क्षारीय सबै आंँसूहरु
मुक्त हुन्छु भनीकन बगाएर,

वेगमा निहुँरीदै तिब्र लहरहरू
पस्किंँदै मोतीका ती दाना झैँ,

मेरो स्वप्निल सघनी छायामा
विचलित हुन्छु अनी हराउँछु,

ती ताराहरु को विक्षिप्ततामा
प्रेमिल सुरहरु तरंगित हुन्छन्,

बारम्बार पृथक पृथक भैकन
विभोरान्वित हुन्छु मन रमाएर,

जब फैलीन्छ जुनको प्रकाश
घोर निकृष्ट श्याम्बरी निशामा,

लुप्त हुन्छन् जब आकांक्षाहरु
पूर्वीय क्षितिजको त्यो दिशामा,

अनी मच्दछ हलचल मुटु भित्र
तब बग्दछ नीर धारा नयनमा,

कारुण्य सिन्धु नै शुष्क भएर
उठदैन उफान अब शमनमा,

परिहास नै भयो यो जीन्दगी
लाखौं चोटहरु सहें यौवनमा,

घायल अन्तरमनको चातक
उडान भर्दछ नीलो गगनमा।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article