कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “धर्म”

कविता: “धर्म”

उसले भक्तजन हेर्यो
अनि आँफैले आफैंलाई प्रश्न सोझ्यायो
के हो त धर्म?
अनि निष्कर्ष निकाल्यो
जसलाई जे कर्म मन पर्दछ
त्यही हो धर्म।
सन्यासीको धर्म त्याग हो,
जोगीको धर्म भिक्षा हो,
पापीको धर्म पाप हो,
सज्जनको धर्म नैतिकता हो,
ज्ञानीको धर्म ज्ञान हो,
विद्वानको धर्म विवेक हो,
अनि जुन व्यक्तिबाट
धर्म पकाउँद छ,
उम्रेर हुर्कद छ
उसलाई नै सबैले भगवान कहलाउँदछन।

अर्जुन दाहाल
गाैरादह–३, झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)