हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क सञ्चालनमा

भद्रपुर । उच्च शिक्षाका लागि बाहिरी गन्तव्यको खोजी गर्ने विद्यार्थीलाई सहजीकरण गर्न भद्रपुरका युवा प्रभात भण्डारीको नेतृत्वमा मेची नगर १३ चारआलीमा इम्पेरर एजुकेशन नेटवर्क सञ्चालनमा ल्याइएको छ ।

Advertisement

 

Advertisement

इम्पेरर एजुकेशन नेटवक प्रा. लि. काठमाण्डौंका केन्द्रीय प्रतिनिधि सुमन अधिकारीको अध्यक्षता तथा मेची नगर १३ का वडाध्यक्ष कृष्ण सिग्देलको प्रमुख आतिथ्यमा चारआलीमा इम्पेरर एजुकेशन नेटवक प्रा. लि. को उद्घाटन गरिएको हो ।

इम्पेरर एजुकेशन नेटवक चारआली शाखाका प्रमुख प्रभात भण्डारीले सहजीकरण गर्दै शाखा सञ्चालनको औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा ग्लोबल आइएई बैंक चारआली शाखा प्रमुख पिताम्बर खड्का लगायतले शुभकामना मन्तव्य राख्दै सो शाखाबाट उच्च शिक्षाका लागि नयाँ गन्तव्यको खोजी गर्ने विद्यार्थीहरूले भरपुर लाभ लिन सक्ने धारणा राखेका थिए ।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)