हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

सताक्षीधाममा मंसिर १४ देखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ हुने

झापाको ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ – २०८१ हुने भएको छ। यस महोत्सवको आयोजना श्री शताक्षी गोवद्र्धन गौशाला र सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समितिको संयुक्त आयोजनामा गरिएको हो।

Advertisement

महोत्सवमा पञ्चकुण्डिय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह, लिंग महापुराण कथा प्रवचन र ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष अर्चना गर्ने कार्यक्रम राखिएको छ। महोत्सवको आयोजनामा सवा करोड रुद्राक्षको माला निर्माण गरिने र महायज्ञका लागि ४०० विद्वान वर्गको सहभागीता रहने जनाइएको छ।

Advertisement

कार्यक्रममा गौशालाको बार्षिकोत्सवका अवसरमा विभिन्न धार्मिक कार्यक्रमहरू आयोजना गरिने छन्। मंसिर १४ गतेदेखि अखण्ड हरिनाम संकीर्तन, १५ गते बालचतुर्दशी उत्सव, १६ गते बृद्ध सम्मेलन र भण्डारा, १७ गते पञ्चकुन्डीय महायज्ञ, १८ गतेदेखि नियमित महायज्ञ र प्रवचन, २० गते गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी र उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवका कार्यक्रम सम्पन्न हुनेछन्।

गौशालाले १५ जना कर्मचारी र गाईबाछाको आहारका लागि मासिक ५ देखि ६ लाख खर्च गरेको छ। आचार्य नन्दकिशोर भारद्धाजले गौ संरक्षणलाई महत्त्व दिँदै गौ हत्या महापाप भएको र गौलाई देवीको रूपमा सम्मान गर्नु आवश्यक रहेको बताउनुभयो ।

गौशालाका उपाध्यक्ष तथा कार्यक्रमका संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव आचार्य पण्डित मदनमोहन अधिकारीले गर्नुभएको कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य खनिमाया श्रेष्ठ ,कृष्ण खरेललगायतको उपस्थिति रहेको थियो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)