हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

मनकामना माताले हामी सबैको रक्षा गरून्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/०८/१३ गते)

आज २०८१ कार्तिक १३ गते विहीवारको राशिफल ।

Advertisement

 

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक वा राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा अतिरिक्त कामको जिम्मेवारी बढ्नेछ। आफन्त र जीवन साथीसँग मनमुटावको सम्भावना रहेको छ। आर्थिक कार्यमा गरिएका प्रयासहरू सफल रहनेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नयाँ योजनाहरु सफल रहनेछन्। लामो समयदेखि रोकिएको धन मिल्ने योग रहेको छ। आफन्तहरूसँग रमाइलो समय बित्नेछ। व्यापार व्यवसायमा थोरै श्रमले पनि राम्रो लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक क्षेत्रमा धन खर्चको सम्भावना रहेको छ। नजिकका मानिसहरूबाट सोचेजस्तो सहयोग न मिल्नाले मन अप्रसन्न रहनेछ । यात्रा गर्दा आफ्नो सामानको खयाल राखौं। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पिताको स्वास्थ्यमा सुधारको योग छ। वैदेशिक शिक्षालाई लिएर शुभ सूचना मिल्नेछ। व्यवसायसँग सम्बन्धित यात्रा हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। छरछिमेकीहरूसँग मनमुटाव रहन सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) विश्वासिलो पात्रबाट धोखा मिल्न सक्छ। आफ्नो बोलीले गर्दा बनेको कार्य बिग्रिन सक्छ। व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। आफ्नो स्वास्थ अनुसार खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) भाग्यले साथ दिनेछ। धन वा सुखमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई नयाँ ज्ञान र अनुभव प्राप्त हुनेछ। घरपरिवारमा मांगलिक कार्यले मन उत्साहित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा हजुरको इच्छापुर्ति हुनेछ। नयाँ नोकरीमा सफलता पाइनेछ। व्यापारबाट लाभ मिल्नेछ। भाइबहिनीबाट घर परिवारमा सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा आत्तिएर निर्णय नलिनुहोला। कार्य क्षेत्रमा आयस्रोत बढ्नेछ। साझेदारी व्यापारमा पारदर्शिता राख्नुहोस्। विद्यार्थी वर्गहरूलाई अध्ययनमा शिक्षकको सहयोग मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजमा मान प्रतिष्ठा बढ्नेछ। अग्रिम कार्यको प्रतिफल मिल्नेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नेछ। व्यापारमा लाभको साथै नयाँ अवसरहरू मिल्नेछन्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पहिला रोकिएका कार्यहरू सम्पादन हुनेछन्। सन्तान पक्षबाट शुभ सूचना मिल्नेछ। नोकरी वा पेशामा वरिष्ठ अधिकारीहरूको सहयोग मिल्नेछ। व्यापार क्षेत्रमा थप लगानी लगाउने समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज कार्यक्षेत्रमा हजुरको प्रसिद्धि बढ्नेछ। विद्यार्थीहरूलाई धार्मिक वा आध्यात्मिक अध्ययनमा रुचि बढ्नेछ। जीवनसाथीबाट उपहार मिल्न सक्ला। रोकिएका काम बन्नेछन् भने नयाँ जिम्मेवारी समेत बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)