हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बाबा भाेलेनाथले हामीसबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/०८/१७ गते)

आज २०८१ साल मंसिर १७ गते साेमबारको राशीफल ।

Advertisement

 

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। राजनीतिक क्षेत्रमा प्रभाव बढ्ने छ। नोकरी वा पेशामा लगनशीलताले अप्ठ्यारो समस्याहरु सुल्झिनेछन्। आध्यात्मिक क्षेत्रमा विकास हुनेछ। आजको शुभ रंग ४ हो भने शुभ अंक ३ रहेको छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) घर परिवार वा आफन्तहरूसँग वादविवाददेखि बच्नुहोस्। कार्य क्षेत्रमा आफ्नो निजी कामलाई छोडेर अर्काको मद्दत नगरौँ। व्यापार व्यवसायमा नयाँ काम हात लागिपर्नेछ। अर्काको आलोचना गर्नदेखि बच्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ योजनाहरू प्रारम्भ गर्दा लाभ रहनेछ। पारिवारिक दायित्वहरु निभाउनमा असफल भएको कारण मन अशान्त रहनेछ। भ्रमणको रूपरेखा बन्नेछ। नोकरी वा पेशामा रिस नगरौं। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जग्गा जमिन सम्बन्धी कानुनी मामिलाहरू सुल्झिनेछ। उच्च अध्ययनमा सफलता मिल्नेछ। कार्यक्षेत्रमा मिठो बोलीको प्रयोग गरौं। आयस्रोत बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा समयमा काम पूरा नहुनाले मनमा निराशा रहनेछ। स्वास्थ्य सम्वन्धि समस्या हुन सक्ला। दाम्पत्य जीवनमा मनमुटाव रहनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उचित समय पर्खिनुहोला। यात्रा गर्दा सामानको सुरक्षा स्वयं राखौं। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पूर्वमा गरेका सामाजिक कार्यहरूले प्रसिद्धि पाउनुहुन्छ। कलात्मक वा रचनात्मक कार्यमा रुचि बढ्ने छ। कार्य क्षेत्रमा वरिष्ठ व्यक्तिहरुको कुरा नसुन्दा हानी हुनेछ। कानुनी समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्य समयमा पूर्ण नहुनाले हानि हुने सम्भावना छ। जीवन साथीलाई कार्यक्षेत्रमा पदोन्नति मिल्नेछ। शैक्षिक क्षेत्रबाट सम्मान पाइनेछ। कार्यक्षेत्रलाई लिएर यात्रा हुन सक्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक कारोबारमा नयाँ निर्णयहरू सोचविचार गरेर लिनुहोला। सन्तानबाट शुभ सूचना मिल्नेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर हुनुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ९ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा जोखिमका कार्यहरूमा रुचि बढ्नेछ। सामाजिक कार्यक्रमहरूको सम्मेलनमा सम्मान बढ्नेछ। आर्थिक कारोबारमा नयाँ सम्पर्कहरूबाट लाभ मिल्नेछ। धैर्य राखौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मांगलिक कार्यमा धन खर्च हुनेछ। कार्यक्षेत्रमा मेहनत अनुरूप सफलता मिल्नेछ।आधिकारिक वर्गसँग काम निकाल्न गाह्रो हुनेछ। कलाको क्षेत्रमा सफलता पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अग्रिम कार्य अगाडि बढाउनको लागि कठिनाइको सामना गर्नुपर्ला। राजनीतिक वा सामाजिक कार्यमा विशेष लाभ हुनेछ। नोकरी वा पेशामा प्रतिष्ठा बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारीमा ठूलो कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आर्थिक कारोबारमा विस्तारको सम्भावना रहेको छ। शेयर मार्केटबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा एउटा काम सिध्याएर नै अर्को कार्य प्रारम्भ गरौं। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)