कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “धर्म र विज्ञान”

कविता: “धर्म र विज्ञान”

Advertisement

धर्म र विज्ञानमा
मतभिन्नता छ।
धर्ममा हरेक कुरा कर्म संग जोडिन्छ,
विज्ञान हरेक कुरा तथ्य संग।
कर्म पनि तथ्य नै हो
जब गरिन्छ
फरक किन भयो त भन्दा
अन्धभक्त जति भगवानलाई प्रसन्न गर्न
हरेक कुरामा हरे राम को जप गरेर
कर्म होइन दैविक कारण देखाउँदै
जीवन यापनमा दैविक कुरा सम्मिश्रण गरी
धार्मिक दस्तावेज तयार पारिदिएर
त्रास युक्त जीवन बिताउँदै
मृत्यु पछि परमानन्द पाउने आशामा छन।
कठै शास्त्र
जसले नैतिक जीवन
र भजन गर्ने ओठ भन्दा कर्म गर्ने हात प्यारो भन्दछ।
विज्ञानले धर्म कसरी आयो खोज्दछ
धर्मले विज्ञान कसरी आयो कहिल्यै खोजेन।

Advertisement

अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article