समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी २ मा १२४ जनाले अपाङ्गता पहिचानको सेवा लिए : भोलि गोलधापमा शिविर बस्दै 

हल्दिबारी, २२ मंसिर । झापाको हल्दिबारी गाउँपालिकामा वडा नम्बर २ मा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर आज सप्पन्न भएको छ ।

Advertisement

वडा अध्यक्ष शुकलाल राजवंशीले वडा स्वास्थ कार्यालयमा शिविरको व्यानर पढेर उद्घाटन गर्नु भएको थियोे ।

Advertisement

प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविर आज वडा नम्बर २ मा संचालन गरिएको थियोे ।

वडा भित्रका नयाँ पुराना गरी  १२४ जना अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवम् कार्ड वितरण गरिएको  वडा अध्यक्ष  शुकलाल राजवन्सीले  जानकारी दिनुभयो ।

कार्यक्रममा आँखा सम्बन्धि नाक कान र घाटी सम्बन्धि  ,फिजियो थेरापी  र मानसिक अपांगता भएकाले  सेवा लिएका थिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका  अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन ,उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, २ नं वडाका वडा अध्यक्ष   शुकलाल राजवन्सी  ,  वडा सदस्यहरु  रचना कुलुङ राई , बिस्णुकुमार राई , अम्बिका तोलाङ्गी , गणेश मगर   , सातौ अधिकृत योजना शाखा प्रमुख राजन न्यौपाने, करूणा फाउन्डेसनका वरिष्ठ व्यवस्थापक कमल कोइराला लगायत सञ्चारकर्मिहरुको उपस्थित रहेको थियोे ।

यही मङ्सिर २० देखि संचालन भएको शिविर   २३ गते १ नं वडा र २४ गते ५ नं वडामा सञ्चालन हुने महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिएकी छ्न ।

उनका अनुसार वडा नम्बर ४ मा ६४ जना ,वडा नम्बर ३ मा ९९ जना अपांगता भएका बालबालिका देखि बृद्धवृद्धाले सेवा लिएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article