हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी ५ का ७५ जनासहित अपाङ्गता पहिचानको सेवा लिनेको संख्या ४९१ पुग्यो

हल्दिबारी, २४ मंसिर । झापाको हल्दिबारी गाउँपालिकामा वडा नम्बर ५ क्न्चनश्रीमा अपाङ्गता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण, आवश्यकता पहिचान तथा परिचयपत्र वितरण शिविर सप्पन्न भएको छ ।

Advertisement

शिविरको आज अन्तिम दिन वडा नम्बर ५ का वडा अध्यक्ष खड्ग लावतीले वडा स्वास्थ कार्यालयमा शिविरको उद्घाटन गर्नु भएको थियो । प्रदेश सरकार, स्थानीय सरकार र करूणा फाउन्डेसनको त्रिपक्षीय लागत साक्षेदारी र राष्ट्रिय अपाङ्ग महासंघको प्राविधिक सहयोगमा सञ्चालित अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत गरिएको शिविर आज वडा नम्बरमा संचालन गरिएको थियोे ।

Advertisement

वडा भित्रका नयाँ पुराना गरी ७५जना अपांगता भएका व्यक्तिहरूको स्वास्थ्य परीक्षण तथा आवश्यकता अनुसार थप उपचार एवम् कार्ड वितरण गरिएको वडा अध्यक्ष लावतीले जानकारी दिनुभयो । कार्यक्रममा आँखा सम्बन्धि नाक कान र घाटी सम्बन्धि ,फिजियो थेरापी र मानसिक अपांगता भएकाले सेवा लिएका थिए ।

कार्यक्रममा हल्दिबारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्देन, उपाध्यक्ष लक्ष्मीदेवी मैनाली, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन, वडा सदस्यहरु जीवन कन्दवा, शुस्मा महरा ,शिवमाया मगर, बिजय फागो सातौ अधिकृत योजना शाखा प्रमुख राजन न्यौपाने, करूणा फाउन्डेसन झापा सम्योजक सन्जय गुरागाई लगायत सञ्चारकर्मिहरुको उपस्थित रहेको थियो ।

यही मङ्सिर २० देखि संचालन भएको शिविर आज सम्पन्न भएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख तृष्णा थापा मगरले जानकारी दिएकी छ्न ।

उनका अनुसार वडा नम्बर ४ मा ६४ जना ,वडा नम्बर ३ मा ९९ र वडा नम्बर २ मा १२४ जना त्यसै वडा नम्बर १ मा १२९ जना र वडा नम्बर ५ मा ७५ जना गरी ४९१ जना अपांगता भएका बालबालिका देखि बृद्धवृद्धाले सेवा लिएका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)