हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारी वडा नं-३ द्वारा विद्यार्थीहरूलाई झोला वितरण

अभिषेक खतिवडा/झापा, २७ मंसिर।झापाको हल्दिबारी गाउँपालिका वडा नं-३ ले वडागत कार्यक्रम अनुसार सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला(ब्याग) वितरण कार्यक्रम सुरु गरिएको छ ।

Advertisement

आज एक कार्यक्रमका बिच हल्दिबारी-३ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयका कक्षा-१ देखि कक्षा-५ सम्मका विद्यार्थीलाई झोला वितरण गरेर कार्यक्रमको शुभराम्भ गरिएको शिक्षक डिल्लीराम ढुङ्गेलले जानकारी दिएका छन।

Advertisement

पञ्चायत माध्यमिक विद्यालयमा रहेको बाल क्लब अध्यक्ष प्रतिमा लिम्बुको अध्यक्षतामा सुरु भएको कार्यक्रममा हल्दिबारी वडा नं-३ का अध्यक्ष बिष्णु ओली प्रमुख अतिथि रहेका थिए भन्ने विशेष अतिथिहरुमा वडा सदस्य अजित कुमार बिष्ट,कमला तिमिल्सिना ढुङ्गेल, कर्ण भण्डारी र वडा सचिव राजन खतिवडा उपस्थिति रहेर कार्यक्रम आयोजना गरिएको थियो।

वडा कार्यलयले वडागत कार्यक्रम अन्तर्गत वडा नं-३ भित्रका सामुदायिक विद्यालयमा यो कार्यक्रम सञ्चालन गर्ने छ । जस अन्तर्गत भोली रामेश्वर प्रा.वि र लक्ष्मी मा.वि मा वितरण कार्यक्रम रहेको वडा सचिव खतिवडाले बताएका छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)