धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८१/०८/३० गते)

आज २०८१ साल मंसिर ३० गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। रोकिएका काम पनि सम्पादन हुनेछन्। नोकरी वा पेशामा नयाँ पद प्रतिष्ठा मिल्ला। विद्यार्थीहरूलाई संगीत वा कलाको क्षेत्रमा विशेष सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक उच्च शिक्षालाई लिएर गरेको निर्णयहरू सफल रहनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। अरूलाई सोधेभन्दा धेरै सल्लाह नदिनुहोला। कार्य क्षेत्रमा आकस्मिक यात्रा गर्नुपर्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा अतिरिक्त कार्यको जिम्मेवारी मिल्नुको साथै कानुनी समस्याबाट मुक्ति मिल्नेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनको लागि समय अनुकूल रहेको छ। सरकारी कार्यक्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नोकरी र राजनीतिमा उत्साहजनक सफलता मिल्नेछ। शिक्षाको क्षेत्रमा चलिरहेको समस्यामा सुधार आउनेछ। व्यापार व्यवसायमा जीवनसाथीको सल्लाह लिएर काम गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग नमिल्नाले मन अशान्त रहनेछ। नोकरी पेशामा प्रतिद्वन्दीहरूबाट कडा टक्कर मिल्नेछ। शेयर बजारतिर निवेश गर्दा जानकारको सल्लाह लिनुहोस्। जीवनसाथीको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अगाडि गरिएको कामहरूबाट लाभ मिल्नेछ। व्यापार व्यवसायमा सामान्य लाभ रहनेछ। विद्यार्थीहरूलाई सफल हुनको लागि पढाइमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। निर्माण सम्बन्धी कामबाट लाभ मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशामा प्रतिभाको उचित मूल्याङ्कन हुनेछ। राजनीतिमा प्रभाव बढ्नेछ। कार्य क्षेत्रमा पदोन्नतिको योग छ। भौतिक संसाधन वा वाहन जोड्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा लाभका अवसरहरु मिल्नेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरूबाट प्रशंसा मिल्नेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ साथै आयस्रोत बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मेहनत गर्दा व्यवसायमा फाइदा हुनेछ। भाग्यको साथ मिल्नेछ। कार्यक्षेत्रमा नसोचेको कार्यसम्पादन हुनेछ। साँझतिर आफन्तहरूसँग रमाइलो पल व्यतीत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) साझेदारी व्यापारबाट लाभ मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। अनलाइन कारोबार गर्नेहरू आज सतर्क रहनुहोस्। धार्मिक स्थानको यात्रालाई लिएर योजनाहरू बन्नेछन्। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्य क्षेत्रमा अधिकारी वर्गहरूसँग सहयोग र मार्गदर्शन मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ साथै प्रेम सम्बन्ध कसिने छ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापारमा आयका स्रोतहरू बढ्नेछन्। पायकको स्थानमा भ्रमण हुनेछ। कार्यक्षेत्रमा कार्य गर्नेहरूलाई आज कमाइको नयाँ अवसर मिल्नेछ। आध्यात्मिक क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article