धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बाबा भाेलेनाथले हामीसबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/०९/०१ गते)

आज २०८१ साल पुस १ गते साेमबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज निडर साहस र पराक्रम तपाईंको कार्यक्षेत्रमा झल्किने छ। कार्यक्षेत्रमा निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। व्यर्थको वादविवादबाट जोग्गिनुहोला। भाइबहिनीहरूसँग राम्रो सहयोगको प्राप्तिको योग छ। आज तपाईंको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उत्साहमा वृद्धिको योग रहेको छ। चञ्चल स्वभाव रहेको छ भने नियन्त्रण राखेर कार्य गरौं। पारिवारिक विषय वस्तुमा कुनै विवाद चलिरहेको छ भने सुल्झिने छ । पशुपालनसम्बन्धी व्यवसायबाट लाभको योग रहेको छ। आज तपाईको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्य क्षेत्रमा कुनै पनि कार्य सकेसम्म अधुरो नछोड्नुहोस् । व्यापार व्यवसायमा लाभको स्थिति रहेको छ। आफन्तसँग कुनै मनमुटाव थियो भने सुल्झिनेछ। आवश्यकता अनुसार धन खर्च गर्नुहोस्‌। लगानीको लागि दिन उपयुक्त रहेको छ। आजको शुभ रंग गुलावी हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्यले आज भरपुर साथ दिने छ। कर्मक्षेत्रमा राम्रा योगहरू निर्माण भएका छन्‌। धार्मिक क्षेत्रबाट हुनुहुन्छ भने मन प्रशन्न रहने छ। विहानको समयमा ध्यान गरेर दिनको सुरुवात गर्नुहोस्‌ । आजको शुभ रंग कलेजो हो भने शुभ अंक ४ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा दिगो काम हात लागि पर्नेछ। सहकारी वा वित्तीय संस्थाको कारोबारमा बाधा आउन सक्ला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। वाहन चलाउँदा सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा रोकिएका कार्य प्रारम्भ हुनेछन्। साथीभाइहरूसँगको सम्बन्धमा समस्या आउनसक्छ। विद्यार्थीहरूको पढाइभन्दा खेलकुदमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा पार्टनरसँग मनमुटाव हुन सक्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजनहरूको सल्लाहबाट कार्यक्षेत्रमा राम्रा निर्णयहरू लिन सक्नुहुनेछ। मिठो बोलिको माध्यमबाट धेरै कार्यहरू आज सम्पादन गर्न सक्नुहुनेछ। सञ्चित धनमा वृद्धिको योग रहेको छ। स्वास्थ्य सम्बन्धित क्षेत्रबाट हुनुहुन्छ भने विशेष लाभको योग रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) पारिवारिक खर्चमा नियन्त्रण गर्नुहोस्‌ । अति आवश्यकता नभएसम्म लगानी नगर्नुहोस्। विदेशबाट शुभ समाचार प्राप्त हुने योग रहेको छ । आजको दिन सकेसम्म ठुलो निर्णय नलिनुहोला। आजको शुभ रंग आसमानी हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा कार्य सम्पन्न हुनाले मन प्रशन्न रहने छ। नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सम्मान मिल्नेछ। पितासँग सल्लाह लिएर काम गर्दा सफलता मिल्नेछ। गणेशजीको आराधना गरेर दिनको सुरुवात गर्नुहोस्‌। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा सकारात्मक विचारले नयाँ मार्गतर्फ अग्रसर गराउन सक्छ। व्यापार व्यवसायमा अनुभवले गर्दा रोकीएका काम सम्पादन हुनेछन्। नोकरी वा पेशामा आर्थिक उन्नतिको बाटो खुल्नेछ। आजको शुभ रंग बैजनि हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सन्तानको उन्नति र प्रगतिले मन प्रसन्न रहनेछ। नयाँ नोकरीको प्रयासमा सफलता मिल्नेछ। अध्यापकहरूको शिक्षाक्षेत्रमा मान सम्मान बढ्नेछ। विद्यार्थीहरूलाई नयाँ पाठ्यक्रमको अनुभव मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अत्यधिक महत्वकांक्षाले गर्दा पारिवारिक सम्बन्ध कमजोर हुन सक्ला कार्यक्षेत्रमा जिम्मेवारी पूरा गर्नलाई सहकर्मीहरूको साथ मिल्नेछ। वस्त्र आभूषण आदिको उपहार प्राप्त हुन सक्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article