हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारीका अभिषेकले आफ्नो जन्म दिनको अवसरमा गरे विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण 

हल्दिबारी – हल्दिबारीमा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयका लेखा कर्मचारी अभिषेक खतिवडाले आफ्नो जन्मदिनको उपलक्ष्यमा आफु कार्यरत विद्यालयमा पढ्ने  बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्।

Advertisement

आफ्नो  जन्मदिनका अवसरमा आफु कार्यरत हल्दिबारी–३ मा रहेको श्री पञ्चायत माध्यमिक विद्यालयमा पढ्ने कक्षा -१ देखि कक्षा -५ सम्मका बालबालिकालाई कपि पेन्सिल लगायत शैक्षिक सामाग्री प्रदान गरेका हुन्।

Advertisement

कक्षा १ देखी ५ सम्मका सबै बालबालिका र विद्यालयका लागि शैक्षिक सामाग्री बेगर आउने विद्यार्थीका लागि हुने गरी शैक्षिक सामाग्री , र विद्यालयका सम्पुर्ण विद्यार्थीको शारीरिक विकासका लागि खेलकुद सामाग्री प्रदान गरेका हुन।

सामाजिक कार्यमा निकै क्रियाशिल खतिवडा हल्दिबारीमा लामो समय देखि सामाजिक गतिविधि , समाज रुपान्तरण र विभिन्न अभियानको नेतृत्व गर्दै आइरहेको पाइएको छ ।

शैक्षिक सामाग्री प्रदान गर्ने कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री कृष्ण प्रसाद बनले विद्यालय र विद्यार्थीका लागि सोचेर सामाजिक कार्य गर्नु भएकोमा खतिवडालाई धन्यवाद सहित जन्म दिनको शुभकामना व्यक्त गर्नु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले प्रत्येक बर्ष जन्म दिनको अवसर पारेर समाजमा छाप छाड्ने खालका कार्य गर्दै गरेकोमा यो शैक्षिक सामाग्री वितरण गरेको जिकिर गरे। उनले विद्यार्थीहरु सग थप्दै राम्रो कार्य जन्म दिनमा मात्र होइन सधै गर्नु पर्छ यो एउटा तिमिहरु जस्ता बालबालिकाका लागि प्रेरणा मिलोस भनेर गरेको बताएका छन।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)