धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पाथीभरा माताले हामी सबैको रक्षा गरुन्, हेर्नुहोस आजको राशीफल (२०८१/०९/१० गते)

आज २०८१ साल पुस १० गते बुधबारको राशीफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज हजुर ऊर्जावान रहनुहुनेछ। कार्यक्षेत्रमा तपाईंको प्रयास सफल हुनेछ र धन प्राप्तिको प्रबल संकेत रहेको छ। प्रशंसनीय कार्यले प्रतिष्ठा बढ्नेछ। जीवन साथीको सहयोग मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आजको दिन तपाईंले आफ्नो योजनाहरू सफल पार्न सक्नुहुनेछ। सन्तानहरूको सफलतालाई लिएर मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा मेहनत र लगानीबाट सबैले चिन्नेछन्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रेको काम पनि बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरू नयाँ प्रतियोगी परीक्षाको तैयारीमा व्यस्त रहनुहुनेछ। मन अलि स्थिर नरहला । आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लामो समयदेखि रोकिएको धनप्राप्त हुनेछ। परिवारसँग बसेर भविष्यको रूपरेखा बन्नेछ। साँझको समय धार्मिक स्थलमा व्यतीत हुनेछ। सरकारी कामकाजमा सहयोग मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) तपाईंका सबै कामहरू उत्तम तरिकाले पूरा हुनेछन्। उद्योग जगतमा आयका स्रोतहरू बढ्नेछन्। छरछिमेकीसँगको विवाद समाधान हुनेछ। काममा तपाईंको अधिकार बढ्नेछ। साहित्य क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विपरीत अर्थ लाग्न सक्छ ध्यान दिनुहोला। धर्म कर्ममा रुचि भढ्नुको साथै धार्मिक यात्राका योग छन्। संगीतमा रुचि बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कामको सन्दर्भमा महत्त्वपूर्ण लक्ष्यहरू प्राप्त हुनेछ। कार्यक्षेत्रमा धैर्यता र साहसले नोक्सानी हुन दिने छैन। मित्रवर्गहरूको सहकार्यले सफलता मिल्नेछ। रोकिएको धन पुनः फिर्ता हुने सम्भावना रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जग्गा जमिनको समस्या सुल्झिनेछ। कार्यक्षेत्रमा धेरै व्यस्त भएतापनि परिवारलाई समय दिनुहोस्। पशुधनबाट लाभ मिल्नेछ। अनैतिक काममा चासो जाग्ने हुँदा सचेत हुन आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ सवारी साधन किन्नलाई उत्साहित हुनुहुन्छ भने उचित समयको प्रतीक्षा गरौं। सन्तानको संगतिको विशेष ध्यान दिनुहोला। जीवन साथीको कार्यक्षेत्रमा कुनै समस्या थियो भने त्यसक‍ो समाधान मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामाजिक सम्मेलनमा पदप्रतिष्ठा बढ्नेछ। यात्रामा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। वाणीमा संयम राख्नुहोला अन्यथा विवाद हुनसक्छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कर्तव्यनिष्ठ भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। श्रमको उचित मूल्याङ्कन मिल्नेछ। पुरानो मित्रहरूसँग आकस्मिक भेटघाट हुनेछ। कार्यक्षेत्रमा पराक्रमद्वारा आफ्नो स्थान स्थापित गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आशा देखाउने व्यक्तिहरूबाट सावधान रहनुहोला। सकारात्मक विचारले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्य रहनेछ। जीवन साथीको सल्लाहबाट महत्वपूर्ण फाइदा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

साभार: हाम्रोपात्रो

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article