स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

मेचिनगरमा ९ दिनमा एक हजार ३ सयले लिए अपांगताको सेवा

मेचीनगर,  । मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि सञ्चालन भइरहेको स्वास्थ्य शिविरमा आउन नसक्नेहरुलाई घरमा नै पुगेर सेवा दिने गरिएको छ ।

Advertisement

मेचीनगरमा अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र वितरण कार्यक्रम धमाधम भइरहेको हो ।

Advertisement

पुस १ गतेदेखि वडा नम्बर १ बाट सुरु उक्त कार्यक्रम आज ९ नम्बर वडामा सम्पन्न भएको छ ।

पुस १५ गतेसम्म सञ्चालन हुने अभियान मेचीनगरको पन्ध्रै वटा वडामा एक एक दिन सञ्चालन हुने छ ।

नगरको १, २, ३, ४ , ५, ६, ७, ८ र ९ नम्बर वडामा उक्त कार्यक्रम सकिएको छ । अब ६ वटा वडामा कार्यक्रम बाँकी रहेको छ ।

हालसम्म करिव एक हजार ३ सय जनाले सो सेवा लिइसकेका छन् ।

वडा नम्बर ९ मा नयाँ तथ्याकं अनुसार अपाङ्गता भएका २१९ जना व्यक्तिहरु रहेका थिए ।

जसमध्ये १७९ जनाले वडामा नै आएर सेवा लिए भने बाँकी अशक्तहरुलाई जनप्रतिनिधिको टोलीले विशेषज्ञ डाक्टरसहित उनीहरुको घरमै पुगेर स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान तथा परिचय पत्र वितरणका लागि सिफारिस गरिएको मेचीनगर-९ का वडाध्यक्ष कञ्चन तामाङले जानकारी दिए ।

वडा वडामा भइरहेको स्वास्थ्य शिविरमा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, योजना तथा अनुगमन शाखा प्रमुख अनन्तप्रकाश वस्ती, महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेल, करूणा फाउन्डेसनका मेचीनगर संयोजक पदम बराईली, जनप्रतिनिधिहरु लगायतको सक्रिय सहभागिता रहेको छ ।

कार्यक्रम सफल पार्न विशेषज्ञ डाक्टरसहित ५६ जना कर्मचारीको टिम शिविरमा खटिएका छन् ।

मेचीनगर नगरपालिका, कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी अपांगताको क्षेत्रमा महत्वपूर्ण कार्यक्रम सञ्चालन भइरहेको छ ।

जारी अभियानमा राष्ट्रिय अपाङ्गता महासंघ नेपालको प्राविधिक सहयोग रहेको छ ।

उक्त कार्यक्रम भोलि वडा नम्बर १० मा हुनेछ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article