हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

भगवान बुढानिलकण्ठले हामी सबैको रक्षा गरुन्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/०९/१२ गते)

आज २०८१ साल पुस १२ गते शुक्रबारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आटेका काम पूरा हुनाले मन प्रसन्न रहनेछ। धन प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूलाई मेहनत गरे अनुसार प्रतिफल प्राप्त होला। दाम्पत्य जीवनमा समस्या थियो भने समाप्त हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ८ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। जागिर गर्नेहरूको लागि समय अनुकूल रहनेछ। परिवारमा कसैको स्वास्थ्य सम्बन्धित समस्याले गर्दा धन खर्चका योग छन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धैर्य र पराक्रममा वृद्धि हुनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। मान्यजनहरूको सहयोगले रोकेको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा लाभ मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) समाजमा मान सम्मान बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारीवर्गको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) घरायसी कामले अप्ठ्यारो पार्न सक्छ। विद्यार्थीहरूलाई अध्ययनको सफलताले विदेशतिर जाने अवसर मिल्नेछ। राज्यपक्षबाट सहयोग मिल्नेछ। सरकारी क्षेत्रमा प्रभाव बढ्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा आर्थिक लाभ मिल्नेछ। करियर सम्बन्धी समस्याको समाधान हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। ठूलो योजना पूरा गर्न केही समय लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरूको रेखांकन हुनेछ र धैर्यताको कमीले अर्काको गल्ती आफूमाथि पर्न सक्छ। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा मन रमाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) समयको तालमेल नमिल्दा कार्य अधुरो रहन सक्ला। कार्यक्षेत्रमा गरिएको कामबाट जस पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) व्यापार व्यवसायभन्दा सेवा मुलुक कामबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्च हुनेछ। लेनदेनको मामिलामा कानुनको विपरित कार्य नगर्नुहोला नभए जरिवाना लाग्न सक्छ। चिताएको कार्य पूरा गर्न बाधा आउन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)