समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी रेडक्रसको ३१औं स्थापना दिवसको अवसरमा निशुल्क आँखा शिविर, २२९ जनाले लिए सेवा

हल्दिबारी ,१९ पौष । नेपाल रेडक्रस सोसाइटी हल्दिबारी उपशाखाको ३१ औं स्थापना दिवसको अवसरमा  एक दिवसीय नि: शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

Advertisement

Advertisement

हल्दिबारी गाउँपालिका -२ का वडा अध्यक्ष शुकलाल राजवंसीको प्रमुख आतिथ्यता एवं उपशाखा सभापति कर्णाखर प्रसाईको अध्यक्षतामा शिविर संचालन भएको थियोे ।

मेची आँखा  अस्पतालको प्राविधिक सहयोग रहेको शिविरमा १०९ जना महिला र १२० जना पुरूष गरि २२९  जनाको परिक्षण गरिएको र १६ जनालाई मोतीया बिन्दु अप्रेसनका लागी मेची आँखा अस्पताल पठाइएको उपशाखा सचिव हरिकृष्ण अधिकारीले जानकारी दिए ।

रेडक्रसको वार्षिक कार्यतालिका अनुसार प्रत्येक वर्ष अँाखा शिविर ,रक्तदान लगायतका कार्यक्रमहरु हुदै आएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article