स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

बाह्रदशी रेडक्रसको साधारणसभा सम्पन्न , माघ २ मा नयाँ नेतृत्वको लागि निर्वाचन हुदै 

बाह्रदशी , २० पौष । नेपाल रेडक्रस सोसाइटी बाह्रदशी उपशाखाको ३० औं वार्षिक साधारणसभा  रेडक्रस भवन चकचकीको सभाहलमा सम्पन्न भएको छ।
बाह्रदशी गाउँपालिकाका निवर्तमान अध्यक्ष  खड्क प्रसाद राजवंशीको प्रमुख आतिथ्यता एवं उपशाखा  सभापति दयानन्द गोस्वामीको अध्यक्षतामा सम्पन्न साधारणसभा लाई प्रमुख अतिथि राजवंशी , नेरेसो जिल्ला शाखाका मन्त्री चन्द्र चुडाल , कोषाध्यक्ष ओमप्रकास गौतम , बाह्रदशी – ३ का वडा अध्यक्ष टंक प्रसाद शाह ,वडा सदस्य हेमलाल दाहाल , नेरेसो कन्काई उपशाखा घैलाडुब्बाका सभापति बिस्णु प्रसाद चुडाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।
कार्यक्रममा सभापतिको प्रतिबेदन उपशाखा सभापति दयानन्द गोस्वामी र लेखापरीक्षकको प्रतिबेदन संस्थाका कोषाध्यक्ष देवि प्रसाद गणेशले प्रस्तृत गर्नु भएको थियोे ।
 कार्यक्रमका प्रमुख अतिथि खड्ग प्रसाद  राजवंशीले  गाउँपालिकाले निशुल्क रूपमा बिरामीलाई उपलब्ध गराउदै आएको रगत उपलब्ध गराउने कार्यक्रम रोकेकोमा दुख व्यक्त गर्दै तत्काल त्यसको व्यवस्था मिलाउन समेत  गाउँपालिका र  जनप्रतिनिधिहरुलाई  अनुरोध गरेका छ्न ।
जनतालाई राहत हुने खालको कार्यक्रमलाई जोडेर लैजान समेत उनले आग्रह गरे । प्रत्येक बिपत्तिमा सबैभन्दा अगाडि हुने रेडक्रस कर्मीलाई सबैले संमान गर्नुपर्ने  उहाँले आफ्नो मन्तव्यका क्रममा बताउनुभएको थियोे ।
बाह्रदशी उपशाखाको नयाँ नेतृत्वको  लागि यहि माघ २ गते निर्वाचन हुने कार्यतालिका रहेको छ ।
 साधारणसभामा स्वागत मन्तव्य संस्था कि उपाध्यक्ष सरिता खड्काले गरेको कार्यक्रमको सहजीकरण संस्थाका सचिव केशव बरालको रहेको थियोे ।
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article