हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दीबारी आधारभूत अस्पतालमा थाइराइड परिक्षण शुरु

हल्दीबारी, २३ पुस। हल्दीबारी आधारभूत अस्पतालमा आजदेखि थाइराइड परीक्षण सेवा औपचारिक रूपमा सुरु गरिएको छ।

Advertisement

गाउँपालिकाले अस्पताललाई थाइराइड, भिटामिन डी, र भिटामिन बी १२ लगायतका परीक्षण गर्न सक्ने अत्याधुनिक मेसिन उपलब्ध गराएपछि यो सेवा प्रारम्भ भएको हो।

Advertisement

अस्पतालका मेडिकल अफिसर डा. एकलव यादवका अनुसार गाउँपालिकाको पहल र दाताको सहयोगमा करिब १२ लाख रुपैयाँ लागतको यो मेसिन प्राप्त गरिएको हो। पालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले एक विशेष कार्यक्रमका बीच मेसिनको उद्घाटन गर्नु भएको थियोे ।

यो मेसिन सञ्चालनमा आएपछि हल्दीबारी क्षेत्रका सेवाग्राहीलाई ठूलो राहत हुने विश्वास लिइएको छ। यसअघि थाइराइड परीक्षण गर्न सेवाग्राहीहरू बिर्तामोड वा भद्रपुरका अस्पतालहरूमा जानुपर्ने बाध्यता थियो। अस्पतालले प्रत्येक दिन ५–१० जना थाइराइडका बिरामीको चेकजाँच गर्ने अनुमान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)