हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कर्माचार्यले नुवाकोटमा पुगेर गरे १८१औं पटक रक्तदान

कर्माचार्यले नुवाकोटमा पुगेर १८१औं पटक रक्तदाननेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यले नुवाकोटमा पुगेर १८१औं पटक रक्तदान गर्नभएको छ ।

Advertisement

विदुर सिटि युथ क्लब र विदुर युवा रेडक्रस सर्कलद्वारा आयोजित रक्तदान कार्यक्रममा कर्माचार्यले १८१औं पटककाे रक्तदान गर्नुभएको हो ।

Advertisement

रक्तदाताले दिएको रगत बिरामीलाई नि:शुल्क उपलब्ध गराउनु पर्ने बताउँदै विभिन्न जिल्लामा गई रक्तदान गर्दै उत्प्रेरणा जगाउँदै आइरहेका कर्माचार्यले यो पटक नुवाकोटको विदुर पुगेर रक्तदान गर्न पाउँद
खुशी व्यक्त गर्नु भएको छ ।

रगत अभावका कारण कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदानको अभियान चलाइरहेको नेपाल स्वयंसेवी रक्तदाता समाजले नुवाकोट जिल्ला शाखा गठन गर्नलागेको जानकारी दिइएको छ ।

पृथ्वी माध्यमिक विद्यालयको स्वर्ण महोत्सव र विदुर कल्याणकारी बहुमुखी सहकारीको २७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरेको क्लबका अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)