धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारीमा महापुराण सुरु

झापाको हल्दिबारीमा नारदीय महापुराण धनधान्याञ्चल नवाह ज्ञानमहायज्ञ २०८१ सुरु भएको छ । सनातन धर्म सेवा समिति किराँतेश्वर शिव मन्दिर तथा गुरुकुलको २७ औं बार्षिकोत्सवको अवसरमा आयोजना गरेको १८ पुराणका अध्यक्षता समाजसेवी महिला नेत्री मन्जु सिटौला र प्रमुख अतिथि हल्दिबारीका शिक्षा प्रेमी नरेन्द्र कार्की रह्नु भएको थियो।

Advertisement

कार्यक्रममा अतिथिका रुपमा हल्दिबारी वडा नं-४ का निबर्तमान वडाअध्यक्ष होम चुडाल,बिर्तामोडका व्यवसायी शिव चुडाल, नेपाल रेड्क्रस सोसाइटीका जलथल उपशाखा अध्यक्ष रेम खरेल, जगादाता ढुण्डीराज ढकाल, पाथीभरा सामुदायिक वनका अध्यक्ष सागर पोर्तेल, मन्दिर व्यवस्थापन समिति अध्यक्ष कमला रिजाल, संचारकर्मी नेत्र बिक्रम बिमली, ढडुवा युवा क्लबका सचिव अभिषेक खतिवडा, जलथल प्रहरी चौकी इन्चार्ज कृष्ण प्रसाद दुलाल, श्री हरि सत्संग समिति बिर्तामोड सचिव बाबुलाल अग्रवाल, श्री हरि सत्संग समिति बिर्तामोड सदस्य सुभाष अग्रवाल लगायत रहेका थिए।

Advertisement

कार्यक्रमको उद्घाटन समाहोरामा ३०० जना विपन्न परिवारलाई दाताहरु द्वारा न्यानो कपडा वितरण गरिएको थियो। शिव चुडालेले गुरुकुलका लागि ब्यालकेट र अग्रवालद्वयका संस्थाले अन्य न्यायो कपडा वितरण गरिएको हो। कार्यक्रममा शुभकामना मन्तव्य राख्दै अभिषेक खतिवडाले पुराण अन्य क्षेत्रको भन्दा प्रथक र फरक रहेको धारण प्रस्तुत गरे। विभिन्न धर्म समुदायका अगुवाहरु द्वारा प्रवचन र सबै क्षेत्र जातजाति लाई समेट्न जस्ता कार्यक्रम पुराणको सबल पक्ष रहेको जिकिर गरे। निर्बतमान अध्यक्ष चुडालले १८ पुराण आयोजना गर्ने भुमि तेसै पनि पवित्र रह्ने र सबैको सहयोगले यो अनुष्ठा सफल पार्नु पर्छ भन्ने सन्देश सम्प्रेषण गरेका छन।

दाताहरु शिव चुडाल र बाबुलाल अग्रवालले सकेको सहयोग गर्नु पर्छ भन्ने सोचका साथ न्यानो कपडा वितरण गरेको बताएका छन।जात धर्म समुदाय नहेरी मानवता लाई हेरेर सकेको सहयोग भाव प्रकट सबैले गर्नु पर्ने राहे राखेका छन।

आज देखि सुरु भएको पुराणमा मुख्य कथावाचिका का रुपमा विदुषी यसोदा देवी लम्साल र पाठ वाचक आचार्य सुजन सुवेदीले माघ १० गते सम्म पाठपारायण गर्ने आयोजकले जानकारी दिएका छन।

पुराणमा सन्थाल धर्मगुरु ,किराँत धर्मगुरु ,बौद्ध धर्मगुरु र मेचे धर्मगुरु द्वारा प्रवचन गर्ने कार्यक्रम समेत रहेको छ । महापुराणको उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य धार्मिक व्यक्तित्व सोमनाथ सुवेदीको थियो भने संचालन देविका अधिकारीले गरेकी थिइन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article