शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

प्याब्सन झापाको नयाँ कार्यसमितिको सपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापा शाखाको नयाँ कार्यसमितिलाई पद हस्तान्तरण कार्यक्रम शनिबार सम्पन्न भएको छ।

Advertisement

प्याब्सन कार्यालय बिर्तामोडमा भएको कार्यक्रममा प्याब्सन झपाका निवर्तमान अध्यक्ष गौरीमान फागोको अध्यक्षता र प्याब्सनका केन्द्रीय सल्लाहकार गोविन्द लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

Advertisement

कार्यक्रममा प्याब्सनका प्रदेश सल्लाहकार एलडी राई, केन्द्रीय सदस्य एलपी उप्रेती, निर्वाचन प्रमुख आयुक्त अमृत बहादुर बुढाथोकी, प्रदेश सचिव कोषराज प्याकुरेल र प्याब्सनका अन्य पदाधिकारी र सल्लाहकारहरूको पनि उपस्थिति रहेको थियो।

नव निर्वाचित कार्यसमिति सदस्यहरू अध्यक्ष छत्र बहादुर कार्की, वरिष्ठ उपाध्यक्ष हरि कृष्ण पाठक, उपाध्यक्ष: टी.आर. गौतम, सचिव: लक्ष्मी प्रसाद उप्रेती, कोषाध्यक्ष: अमृत कुमार तिम्सिना, सह-सचिव: जीवन सिवाकोटी, बिनोद सुब्बा, सह-कोषाध्यक्ष नवराज सुवेदी, पालिका अध्यक्षहरु भक्त कार्की( भद्रपुर ), बिक्रम क्षेत्री ( मेचीनगर), रामप्रसाद सुहाङ ( शिवसाताक्षी), तिलक पाख्रीन ( बुद्धशान्ति ), टेक नाथ तिम्सिना ( गौरादह), याम दङ्गाल ( हल्दिबारी), बाल गोपाल गौतम ( अर्जुनधारा), दिपक सङ्ग्रौला ( कमल गाउँपालिका), सुरेन्द्र खरेल ( बिर्तामोड ), नवीन योगी( दमक), बिनोद उप्रेती ( कनकाई) , निमेष ढुङ्गेल ( बाह्रदशी), धनप्रसाद राजबंशी( गौरीगन्ज), फोकल पर्सन गणेश सुवेदी ( झापा गाउँपालिका), मित्रलाल सापकोटा ( कमल गाउँपालिका ), जिल्ला सदस्यहरु मोहन थापा, सुमन शर्मा जमरकटेल, देबेन्द्र हुमागाई, कुल बा. श्रेष्ठ, कुमार राय, कल्पना थापा, अनुप राय, गणेश कुमार श्रेष्ठ , सुर्य बा. कटुवाल, प्रेम कुमार ओजा, युवराज बराल , गोपाल ढुङेल , भोज बा. कार्की, सन्तोष सुब्बा , दिपेन्द्र सुब्बा लगायतले सदस्यताको प्रमाण सँगै सपथ ग्रहण गरेका थिए।

निवर्तमान वरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष छत्रबहादुर कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कृष्ण पाठकले गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article