हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

झापा स्थित बीएन्डसी मेडिकल कलेजका पहिलो ब्याचका विद्यार्थीहरुलाई स्वागत सम्मान

झापा, ८ माघ । झापा स्थित बीएन्डसी मेडिकल कलेजले पहिलो ब्याच (सन् २०२५) का एमबिबिएस विद्यार्थीलाई भव्य स्वागत सम्मान गरेको छ। मेचीनगर–१२, धाइजनस्थित साइन्स भवनमा आयोजित कार्यक्रममा १४ विदेशीसहित ५० विद्यार्थीलाई स्वागत गरिएको थियो।

Advertisement

कलेजका संस्थापक तथा कार्यकारी निर्देशक दुर्गा प्रसाईं प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने कार्यक्रमको अध्यक्षता संस्थापक अध्यक्ष इन्दिरा गिरीले गरेकी थिइन्।

Advertisement

कार्यक्रममा कलेजका विभिन्न विभागका प्रमुख, प्राध्यापक, र कर्मचारीहरुले विद्यार्थीहरुलाई फूलगुच्छा र खादा प्रदान गरेर स्वागत गरे। कलेजका अध्यक्ष डा. रामबाबु गिरी, निर्देशक डा. अञ्जली कार्की प्रसाईं, प्रिन्सिपल प्राडा उमेश शर्मा लगायतको उपस्थिति रहेको कार्यक्रममा नयाँ विद्यार्थीको ऊर्जा र उत्साह झल्किन्थ्यो।

कार्यक्रमको सञ्चालन कलेजका जनसम्पर्क प्रमुख प्रमिश गिरीले गरेका थिए भने समापनमा पूर्वाञ्चल क्यान्सर अस्पतालका मेडिकल डाइरेक्टर डा. वीरेन्द्र यादवले धन्यवाद मन्तव्य व्यक्त गरे।

हाल बीएन्डसी मेडिकल कलेजमा ५० जना विद्यार्थीले चिकित्सा शास्त्र (एमबिबिएस) स्नातक तहको अध्ययन थालेका छन्। स्वागत कार्यक्रममा विद्यार्थी र प्राध्यापकहरुको उल्लासमय सहभागिता देखिन्थ्यो। तस्विर : BJ

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)