धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी ४ मा रहेको किरातेश्वर शिव मन्दिरले गर्यो पुराणको आय-व्याय सार्वजनिक

हल्दिबारी । सनातन धर्म सेवा समिति किरातेश्वर शिव मन्दिरमा यहि माघ २ गते देखी १० गते सम्म लागेको १८ ‌औं नारदिय महापुराणमा ३ लाख ३५ हजार १६ रुपैया आम्दानी भएको पुराण आयोजक समितिका अध्यक्ष मञ्जु सिटौलाले जानकारी दिनु भएको छ ।

Advertisement

२७ औं बार्षिक उत्सवको अवसरमा लागाइएको पुराणमा विभिन्न दाताहरुबाट प्राप्त नगद ५ लाख २० हजार ४ सय ८ रुपैया, धान बिक्रिबाट २ लाख ३० हजार ६ सय ८० रुपैया चामल बिक्रिबाट ९ हजार र स्टोरबाट प्राप्त नाफा ५ हजार ७ सय ४५ रुपैया गरि ७ लाख ६५ हजार ८ सय ३३ रुपैया आम्दानी भएको र ४ लाख ३० हजार ८ सय १७ रुपैया खर्च भएको समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement

आय/व्यायको पुरा विवरण हेर्नुहोस् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article