हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

आज सरस्वती पूजा, विद्याकी देवी सरस्वतीको पूजाआजा गरी मनाइँदै

हल्दिबारी, २१ माघ । आज माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी (बसन्त पञ्चमी) पर्व श्रद्धा एवं भक्तिपूर्वक मनाइँदैछ। विशेष गरी विद्याकी देवी सरस्वतीको पूजाआजा गरी यो पर्व मनाइने चलन छ।

Advertisement

शिक्षा, कला, र सिर्जनासँग सम्बन्धित व्यक्तिहरू जस्तै, विद्यार्थी, शिक्षक, साहित्यकार, कलाकार आदिले आज आफ्ना साधनहरू (कलम, पुस्तक, वाद्ययन्त्र आदि) सरस्वतीका रूपमा पूजा गर्ने परम्परा छ।

Advertisement

यस पर्वलाई वसन्त ऋतुको सुरुवातको रूपमा पनि लिइन्छ, जसका कारण यसलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ। हनुमानढोका दरबार क्षेत्रमा विशेष रूपमा वसन्त श्रवण गरिन्छ।

आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस वर्ष भने शुक्र अस्त भएकाले विवाह, व्रतबन्धजस्ता कर्म यस पर्वमा गरिँदैन। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)