समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी ५ मा ३०५ जनाको स्वास्थ्य विमा

हल्दिबारी । हल्दिबारी गाउँपालिका वडा नम्बर ५ ले ३ सय ५ जनाको स्वास्थ्य विमा गरिदिएको छ।

Advertisement

वडाको सिलिङ बजेट मार्फत अति विपन्न ,दलित , अशक्त ,अपांग ६१ परिवारका ३०५ जनाको विमा गरिदिएको वडा अध्यक्ष खडग बहादुर लावतीले जानकारी दिनुभयो

Advertisement

वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा स्वास्थ्य विमा कार्ड उनीहरुलाई वितरण गरिएको थियो । वडा अध्यक्ष खडग बहादुर लावती , वडा सदस्य बिजय फागो ,सिवमाया मगर , जीवन कन्दङ्वा , वडा सचीव भजन सङौला लगायतले उनिहरुलाई विमा कार्ड वितरण गर्नु भएको थियोे ।

वडाको २ लाख १३ हजार ५ सय रुपैयाँको शिलिङ्ग बजेट मार्फत ६१ परिवारका ३ सय ५ जनाको स्वास्थ्य विमा गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article