धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

धार्मिक भ्रमणको निमित्त कमल थापा दिल्ली प्रस्थान

काठमाडौं ।  राप्रपा नेपालका अध्यक्ष कमल थापा विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुनको निमित्त आज भारतको राजधानी नयाँ दिल्ली तर्फ प्रस्थान गर्नुभएको छ ।

Advertisement

दिल्लिमा आयोजना गरिएको एक धार्मिक कार्यक्रममा सहभागी हुनाका साथै थापाले प्रयागराजमा चलिरहेको महाकुम्भमा स्नान गर्ने गर्ने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा केही राजनितीक भेटघाट पनि हुन सक्ने स्रोतले जनाएको छ ।

Advertisement

भ्रमणमा थापा पत्नी प्रलिता थापा, पार्टीका महामन्त्री राजाराम बर्तौला, थापाका दाइ नेपाली सेनाका रथी (अप्रा)  नेत्रबहादुर थापा र बहिनी रिता थापा  हुनुहुन्छ । थापा फाल्गुन १ गते स्वदेश फर्किने कार्यतालिका रहेको पार्टीका सहमहामन्त्री हिक्मतजङ्ग भण्डारीले जानकारी दिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article