हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कमलमा अध्यक्षको पहलमा स्वास्थ्य मन्त्रालयबाट स्वास्थ्य सामाग्री प्राप्त 

अभिषेक खतिवडा
माघ।२८ गते । कमल गाउँपालिकाको कमल अस्पतालमा गाउँपालिका अध्यक्ष हुकुम सिंंह राइको पहलकदमीमा स्वास्थ्य सामाग्री प्राप्त भएको छ ।

Advertisement

संघीय सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत स्वास्थ्य मन्त्री प्रदिप पौडेलले स्वास्थ्य सामाग्री प्रदान गरेको गाउँपालिका अध्यक्ष राईका स्वकीय सचिव रोशन दाहालले जानकारी दिएका छन।

Advertisement

स्वास्थ्य मन्त्रालयले १ थान हार्मन एनालाईजर मेसिन, १ थान ई.सि.जि. मेसिन, र बि. पि. सेट ५ थान कमल अस्पताललाई प्रदान गरेको छ । अन्य थप सामाग्री बैशाख सम्ममा कमल गाउँपालिकालाई उपलब्ध गराउने समेत मन्त्री पौडेलले अध्यक्ष राई सहितको टिम सँगको भेटघाटमा प्रतिबद्धता व्यक्त गरेका छन।

अध्यक्ष राई सहितका टिम अहिले कमलका विभिन्न योजना र समृद्ध कमल निर्माणको अभियानलाई सफल पार्ने संघीय सरकारको विभिन्न मन्त्रालयमा जाने तयारीमा काठमाडौ नै रहेको छन।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)