हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

नेपाल शिक्षक संघ महिला विभाग झापाद्वारा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न

नेपाल शिक्षक संघ महिला विभाग झापाद्वारा नेतृत्व विकास प्रशिक्षण कार्यक्रम सम्पन्न  गरेको छ।

Advertisement

नेपाल शिक्षक संघ झापाका महिला उपाध्यक्ष एवं महिला विभाग संयोजक धनकुमारी खरेल ( लता ) को अध्यक्षता एवं ने शि संघ केन्द्रीय अर्थ महासचिव निर्मला कोइराला प्रमुख आतिथ्यतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको थियोे ।

Advertisement

झापाको चारआलीको त्रिदेव क्याम्पसको सभा हलमा सम्पन्न प्रशिक्षण कार्यक्रमलाई प्रमुख अतिथी निर्मला कोइराला ,नेपाल शिक्षक संघ झापा अध्यक्ष तोया दाहाल नेपाल शिक्षक महासंघ झापा अध्यक्ष नेत्र खरेल ,नेपाल शिक्षक संघ कोशी महिला उपाध्यक्ष रामकुमारी भण्डारी नेपाल शिक्षक संघ कोशी अध्यक्ष तेजप्रसाद चम्लागाँई एवं लता खरेलले लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

झापाका नेपाल शिक्षक संघमा आवद्ध ७० जना महिला शिक्षकहरुको सहभागिता प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी कोइराला र कार्यक्रम कि अध्यक्ष खरेलले प्रशिक्षण दिनु भएको थियोे ।

स महिला विभागका सदस्य एवम नेपाल शिक्षक संघ भद्रपुर अध्यक्ष मञ्जु दाहालले स्वागत गर्नु भएको कार्यक्रम सञ्चालन महिला विभाग सदस्य एवम झापाका सह कोषाध्यक्ष तुलसा खरेलको रहेको थियोे ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)