धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

पाउ पाथिभराकाे दर्शन संगै तपाईंको आजकाे राशिफल (२०८१/११/०४) गते)

आज २०८१ साल फाल्गुन ४ गते आईतबार, तपाईको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कुनै धार्मिक समारोहमा सम्मिलित भइएला। मित्रहरूसँग रमाइलो भेटघाट हुनुको साथै दिन सुखमय रहनेछ। रोकिएको कार्य प्रारम्भ हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम सजिलै सम्पादन हुनेछ। जीवनसाथीसँग तालमेल बनाएर राख्नुहोस् नत्र तनाव बढ्न सक्छ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नोकरी वा पेशामा इच्छाशक्तिले गर्दा बिग्रीएका काम बनाउन सक्नुहुनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। छात्रहरूलाई नयाँ प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफ्नो योजनाहरुमा पुनर्विचार गर्ने समय रहेको छ। आर्थिक रूपमा दिन राम्रो रहनेछ। सावधानीपूर्वक योजनाहरू बनाउनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी पुरा गर्न सकिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। सामाजिक सञ्जालमा बोल्दा बोलिको विपरीत अर्थ लाग्न सक्छ ध्यान दिनुहोला। धर्मकर्ममा रुचि बढ्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक १ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मित्रको सहयोगले रोकिएका काम सम्पादन हुनेछन्। व्यापार विस्तारको लागि योजना बन्नेछ। शिक्षा र मार्केटिंग क्षेत्रमा सफलता मिल्नेछ। आफन्तहरूसँग मनमुटाव हुन सक्ला सचेत रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) समाजमा हजुरको कार्यकुशलताको चर्चा हुनेछ। मेहनतीहरूका लागि समय उत्साहजनक रहेको छ। बुद्धिको उपयोगले लक्ष्य प्राप्ति हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धनलाभका योग छन्। व्यापार व्यवसायमा आफन्तको विश्वास गर्नाले घाटा हुनसक्छ। स्वास्थ्यको लागि पौष्टिक आहारको सेवन गर्नुहोस्। विद्यार्थीहरूमा सामाजिक चेतनाको विकास हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। पारिवारमा मनोरञ्जनात्मक आयोजनले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) महत्वकांक्षी व्यवहारले सफलतामा बाधा आउनेछ। विनम्र रहने प्रयास गर्नुहोला। कार्यक्षेत्रमा लगनशीलताले गर्दा लक्ष्य प्राप्ति गर्न गाह्रो नहोला। विद्यार्थीवर्गहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धर्म र कर्ममा बृद्धि हुनेछ। कार्यक्षेत्रमा जोश जागर बढ्नेछ। मानसिक रूपले थकान महसुस हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आत्मविश्वासले गर्दा व्यक्तित्वमा निखार आउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा नियमित कार्यलाई निरन्तरता दिन सकिनेछ। व्यापार व्यवसाय र चिकित्साको क्षेत्रमा नयाँ चुनौती मिल्नेछ। साझेदारसँग मनमुटावको सम्भावना छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article