समाचार
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

प्रहरी नायव निरीक्षक झुण्डिएको अवस्थामा मृत फेला

झापा – जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी नायव निरीक्षक (नि.) धनराज खतिवडा झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।

Advertisement

भद्रपुर नगरपालिका–८ स्थित प्रहरी कार्यालयको तीनतले ब्यारेकको माथिल्लो तल्लामा रहेको पानी टंकीमा जाने फलामको भर्‍याङमा नाइलनको डोरीको पासो लगाई उनी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मृतक खतिवडा भोजपुर, टेम्केमैयुङ गाउँपालिका–४ घर भई हाल मोरङ, कानेपोखरी गाउँपालिका–७ बस्दै आएका थिए।

Advertisement

घटनाको जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो। हाल शव कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि तयारी भइरहेको जनाइएको छ। साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article