हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी मावि कक्षा १२ का विद्यार्थीहरुले विद्यालयमै फ्रेन्च फ्राई तयार गरे

हल्दिबारी । झापाको हल्दिबारी गाउँपालिका वडा नं २ मा रहेको नमुना माध्यमिक विद्यालय हल्दिबारी माविका प्राविधिक धार बाली विज्ञान संकाय अन्तर्गत कक्षा १२ का विद्यार्थीहरुले प्रयोगात्मक सीपको रुपमा फ्रेन्च फ्राई तयार गरेका छन्।

Advertisement

विद्यार्थीहरुलाई व्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले विद्यालयमै फ्रेन्च फ्राई बनाउन सिकाइएको बाली विज्ञान संकायका कोर्डिनेटर लक्ष्मी दाहालले जानकारी दिनुभयो। विद्यालयले सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइलाई समेत जोड दिएको छ।

Advertisement

विद्यालयका प्रधानाध्यापक टंक बहादुर पाख्रिनका अनुसार, प्रयोगात्मक शिक्षाका लागि टमाटर खेती, माछा पालन, च्याउ खेती, आलु खेती, धनियाँ खेती, मौरी पालन लगायतका गतिविधिहरू विद्यालयमै सञ्चालन हुँदै आएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)