शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

सरस्वती आधारभूत विद्यालयको ६५ औ बार्षिक उत्सव सम्पन्न

हल्दिबारी ,६ फाल्गुन । हल्दिबारी गाउँपालिका वडा नं-२ मा रहेको सरस्वती आधारभूत विद्यालयले आज ६५ औ बार्षिक उतस्व तथा अभिभावक दिवस भव्यता साथ सम्पन्न गरेको छ ।

Advertisement

विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिना देवी घिमिरेको अध्यक्षतामा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देन रह्नु भएको थियो।

Advertisement

कार्यक्रममा अतिथिका रुपमा गाउँपालिका उपाध्यक्ष लक्ष्मी देवी मैनाली , जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्र बहादुर मल्ल ,वडा नं-२ का अध्यक्ष शुकलाल राजवंशी , गाउँ शिक्षा अधिकृत जनक कुमारी राई, वडाका जनप्रतिनिधि ,शिक्षा क्षेत्रका सरोकारवाला ,सहकारी अभियानकर्मी,सामुदायिक वन अभियान्ता ,प्रहरी ,सञ्चारकर्मी र अभिभावक लगायतको उपस्थिति रहेको थियो।

बार्षिक उत्सवको अवसर पारेर विद्यालयले कार्यक्रम मा उत्कृष्ट शिक्षक जयलाल न्यौपाने , जेष्ठ अभिभावक चन्द्रमान राना मगर , पुर्व व्यवस्थापन समिति अध्यक्ष इश्वरी दाहाल , बबिता सुवेदी ,निर्मला घिमिरे ,सरगम पौडेल ,कृष्ण मुरारी+बबिता घिमिरे,देविका अधिकारी र महिला अभिभावक मेनुका शर्मा लाई सम्मान गरिएको थियो।

कार्यक्रममा विद्यालयले विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई मेडल वितरण गरेको थियो। त्यस्तै सास्कृतिक कार्यक्रम अन्तर्गत शिक्षिका र विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देन , जिल्ला शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख देबेन्द्र बहादुर मल्ल , वडा नं-२ का अध्यक्ष शुकलाल राजवंंशी , सम्मानित हुनु हुने इश्वरी दाहाल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वडा नं-२ का वडा सदस्य एव्म विद्यालय व्यवस्थापन समिति सदस्य रचना कुलुङ्ग राइले राख्नु भएको कार्यक्रममा विद्यालयको बार्षिक प्रतिवेदन सहायक प्रधानाध्यापक सुर्य घिमिरेले प्रस्तुत गर्नु भएको थियो भने सञ्चालन एवम् सहजीकरण विद्यालयका प्रधानाध्यापक गोविन्द बोहोरा र शिक्षिका पार्वता गौतमले गर्नु भएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article