धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारीको शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा भोलि देखि अग्नि पुराण सुरु हुने

हल्दिबारी, ८ फाल्गुन । हल्दिबारी वडा नं-३ मा रहेको श्री शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा सप्ताव्यापी श्री अग्नी महापुराण आयोजना हुने भएको छ ।

Advertisement

भोली फाल्गुन ९ गते शुक्रबारबाट कलश यात्रा सुरु गरेर शुभाराम्भ गरिने कार्यक्रम फाल्गुन १५ गते तिलकपाती सहित अन्त गरिने आयोजकले बताएका छन।महाशिवरात्रीमा रातभर जाग्रम बस्ने गरी १५ गते तलकपाती प्रसाद सहित कार्यक्रम समापन गरिने छ ।

Advertisement

श्री अग्नि महापुराण सप्ताह ज्ञान महायज्ञमा प्रमुख व्यासाचार्य पण्डित उदय खनाल शास्त्रीको मुखारवृन्दबाट अमृतमय कथा वाचन तथा उपव्यासचार्य पण्डित मिलन कोइरालाबाट पाठपारायण हुनु आयोजकले बताएका छन।

सँगै मुख्य कर्ताको रूपमा उत्तम कुमार राजवंशी दम्पती रहनुहुने उक्त ज्ञानसागरमा कलाकारहरूद्वारा कथाको मुख्य प्रसङ्गमा दिव्य झाँकी प्रदर्शन, मधुर संगीतमय भजन कीर्तन श्रवण अवलोकन गरी आफ्नो दिवाङ्गत पितृहरूको उद्धारको कामना गर्दै पुण्य आर्जन गर्न सबै धर्म सज्जन महानुभाव हरूलाई आयोजकले उपस्थितिको लागि हार्दिक अनुरोध समेत गरेका छन ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article