शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

झापा गाउँपालिकाद्वारा प्राविधिक धार अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण

झापा, फागुन ८ । झापा गाउँपालिकाको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार प्राविधिक धार अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ।

Advertisement

गाउँपालिकाका कार्यवाहक अध्यक्ष अन्जु देवी थपलियाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले सञ्चालन गर्नुभएको थियो। कार्यक्रममा शिक्षा शाखाका प्राविधिक सहायक अम्बिका गौतमले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

Advertisement

कार्यक्रममा पालिका कार्यवाहक अध्यक्ष थपलिया वडा नम्बर ३ का वडाध्यक्ष सुभासलाल गणेश, वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद ताहिर, तथा वडा नम्बर ७ का वडाध्यक्ष सखीचन्द्र ठाकुरले आ-आफ्ना मन्तव्य राख्नुभएको थियो। साथै, कार्यपालिका सदस्यहरू सागिरथ प्रसाद गणेश, अनिता कुमारी केसी, तथा शिक्षा समिति सदस्यहरूको पनि उपस्थिति रहेको थियो।

यस छात्रवृत्ति कार्यक्रममा झापा गाउँपालिकाभित्र स्थायी बसोबास गर्ने तर गाउँपालिकाभन्दा बाहिर प्राविधिक धारमा अध्ययनरत ६९ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको थियो। प्रत्येक विद्यार्थीले रु १२,००० का दरले छात्रवृत्ति प्राप्त गरेका थिए। उक्त कार्यक्रमले प्राविधिक शिक्षामा विद्यार्थीहरूलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article