धर्म
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

हल्दिबारी वडा नं-३ शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा पुराण सुरु 

हल्दिबारी वडा नं-३ मा रहेको श्री शुरेश्वर स्वर्गद्वारी शिवालय मन्दिरमा सप्ताव्यापी श्री अग्नी महापुराण फाल्गुन ९ गते बाट सुरु गरिएको छ ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनले दिप प्रज्वलन गरेर उद्घाटन कार्यक्रम  सुरु भएको थियो। कार्यक्रममा वडा नं-३ का वडा अध्यक्ष बिष्णु प्रसाद ओली , वडाका जनप्रतिनिधि कर्ण भण्डारी ,अजित बिष्ट ,  बिष्णु माया तिम्सिना (कमला),भद्रपुर नगरपालिका वडा नं-६ का वडा अध्यक्ष रतिया राजवंशी ,विभिन्न संघ संस्थाका पदाधिकारी ,विभिन्न विद्यालयका शिक्षक ,अभियान्ता,राजनीतिकर्मी,रेड्क्रसकर्मी , सञ्चारकर्मी साथै विभिन्न धर्मावलम्बीहरुको तथा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहेको थियो साथै वक्ताका रुपमा रणकाली सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष धन बहादुर साँवा ,रेड्क्रस जलथल उपशाखा अध्यक्ष रेम खरेल , वडा अध्यक्ष रतिया राजवंशी , गाउँपालिका  अध्यक्ष लिङ्देन लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

श्री अग्नि महापुराण सप्ताह ज्ञान महायज्ञमा प्रमुख व्यासाचार्य पण्डित उदय खनाल शास्त्रीले छोटो समयमा आफ्ना शुभकामना मन्तव्य सहित  शुभकामना मन्तव्य पनि प्रस्तुत गरेको आयोजकले बताएका छन।

मिति २०८१ साल फाल्गुन ९ गते देखि १५ गते सम्म आयोजना हुने कार्यक्रम हिजोबाट विधिवत रुपमा उद्घाटन भएको कार्यक्रमको सञ्चालक एवम सहजीकरण देविका अधिकारीले गर्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितीका अध्यक्ष गोविन्द बोहोराले गर्नु भएको थियो।कार्यक्रमको स्वागत मन्तव्य भन्ने शालिक राम कार्किले प्रस्तुत गर्नु भएको हो।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)