शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

गौरिगन्ज माविमा कृषि क्षेत्रमा स्तरोन्नति: आधुनिक प्रविधि अपनाउँदै

झापा – गौरिगन्ज माध्यमिक विद्यालयले कृषि शिक्षामा नविनतम प्रविधिहरू समावेश गर्दै आफ्नो कार्यक्रमलाई नयाँ उचाइमा पुर्‍याएको छ। करिब आधा दशकदेखि सञ्चालनमा रहेको कृषि कार्यक्रमले विद्यार्थीलाई वैज्ञानिक खेतीबारे ज्ञान र प्रयोगात्मक अनुभव प्रदान गर्दै आएको छ।

Advertisement

विद्यालयले कृषि क्षेत्रमा सुधार गर्ने उद्देश्यले Vertical Gardening को अवधारणा विद्यालय परिसरमै लागू गरेको छ। यस प्रविधिअन्तर्गत विभिन्न तरकारी तथा फलफूलका विरुवा सानो ठाउँमा रोप्न सकिन्छ, जसले भूमि सीमित भएका क्षेत्रमा उत्पादन बढाउन मद्दत गर्दछ। विद्यालय परिसरमै गरिएको यो अभ्यासले विद्यार्थीलाई व्यवहारिक सिकाइमा संलग्न गराउँदै आएको छ।

Advertisement

गौरिगन्ज माविले सञ्चालन गरेको अर्को महत्त्वपूर्ण प्रयास अनुसन्धानात्मक कृषि कार्यक्रम हो। यस कार्यक्रम अन्तर्गत विद्यार्थीहरू स्वयं प्रयोगात्मक विधिबाट आधुनिक कृषि प्रविधिहरू सिक्दै आएका छन्। विद्यालयका कृषि सुपरिवेक्षक शिक्षक विशाल मोदीका अनुसार, “हाम्रो उद्देश्य कृषि शिक्षालाई आधुनिकीकरण गर्दै वैज्ञानिक तथा व्यावहारिक बनाउनुपर्छ। यसले विद्यार्थीलाई आफ्नो अध्ययनप्रति गर्व गर्न सघाउनेछ, साथै कृषि क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न मद्दत पुर्‍याउनेछ।”

झापा जिल्लामा सीमित विद्यालयहरूले मात्र प्राविधिक धार अन्तर्गत कृषि कार्यक्रम सञ्चालन गरिरहेका छन्। गौरिगन्ज मावि भने तीमध्ये उत्कृष्ट विद्यालयका रूपमा अघि बढिरहेको छ। यहाँ सिकेका विद्यार्थीहरूले भविष्यमा कृषि क्षेत्रमा नवीनतम प्रविधिहरू भित्र्याउँदै उत्पादनमा क्रान्ति ल्याउने विश्वास लिइएको छ।

स्थानीय समुदाय, विद्यालय प्रशासन तथा विद्यार्थीहरूका सामूहिक प्रयासले गौरिगन्ज माविलाई कृषि शिक्षाको उत्कृष्ट उदाहरण बनाएको छ। भविष्यमै पनि कृषि आधुनिकीकरण तथा नवप्रवर्तनमा विद्यालयले निरन्तर योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article