शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

हल्दिबारी ३ मा बालमैत्री स्थानिय शासन वडास्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

अभिषेक खतिवडा/फाल्गुन १२, हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं-३ ले बालमैत्री स्थानिय शासन वडास्तरीय अभिमुखिकरण कार्यक्रम आज वडा कार्यालयको सभाहलमा सम्पन्न गरेको छ ।

Advertisement

वडा अध्यक्ष बिष्णु ओलीको अध्यक्षता मा सुरु भएको कार्यक्रममा विभिन्न क्षेत्र र सरोकारवालाहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा वडा सदस्य कर्ण भण्डारी ,बिष्णुमाया तिम्सिना (कमला),अजित कुमार विष्ट , बालमैत्री अभियानका फोकल पर्सन राजन न्यौपाने ,महिला तथा बालबालिका शाखा प्रमुख तृष्णा थापा मगर , शिक्षा शाखा प्रमुख जनक कुमारी राई ,हल्दिबारी बाल क्लव अध्यक्ष पवन गिरी,रोजगार शाखा प्रमुख सपना न्यौपाने ,समाजसेवी धनबहादुर गिरी,पुर्व समुदाय बाल क्लबका अध्यक्ष अभिषेक खतिवडा ,ढडुवा बजार व्यवस्थापन समितीको अध्यक्ष नगेन्द्र आङ्वो , जलथल प्रहरी चौकीका इन्चार्ज कृष्ण प्रसाद दुलाल ,कल्याण सहकारी संस्थाका प्रतिनिधि कमल ओली, रणकाली सामुदायिक वन समुहका अध्यक्ष धन बहादुर साँवा , सगै विभिन्न राजनीतिक दलका प्रतिनिधि ,विद्यालयका शिक्षक तथा विद्यार्थीको उपस्थिति तथा विभिन्न क्षेत्रका सरोकारवालाहरुको उपस्थिति रहेको थियो।

Advertisement

प्रशिक्षक सुमन ढकालले सुरु गर्नु भएको प्रशिक्षण कार्यक्रममा शिक्षक ,विद्यार्थी तथा बाल क्लबका पदाधिकारी लगायत सँग अभिमुखिकरण कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बाल अधिकार ,वालमैत्री स्थानीय तह , बालमैत्री स्थानिय शासन , तथा बालमैत्री स्थानिय शासनका लागि आवश्यक पर्ने सुचकका बारेमा चर्चा गरिएको थियो।

कार्यक्रम सञ्चालन सगै वडा अध्यक्ष सहित विद्यार्थी र सहभागीले वालमैत्री स्थानिय वडा घोषण गर्नेका लागि २०८३ जेष्ठ महिना सम्म सम्पन्न गर्ने संयुक्त प्रतिबद्धता समेत ब्यानरमा हस्ताक्षर गरेर घोषण गरिएको थियो। कार्यक्रमको सफलताको कामना व्यक्त गर्दै डिकबिर राई ,जनक तामाङ्ग ,नेत्र गिरी ,र प्रकाश भट्टराईले मन्तव्य व्यक्त गरिएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य अजित कुमार विष्टले गर्नु भएको थियो भन्ने कार्यक्रमको सञ्चालन एवम सहजीकरण वडा सचिव राजन खतिवडाले गर्नु भएको थियो।

गाउँपालिकाले पहिलो वडा बालमैत्री स्थानिय शासन वडा घोषण गर्ने वडा लाई विशेष पुरस्कृत गर्ने समेत व्यक्त गरिसकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article