धर्म
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

मनकामना माताले हामी सबैको रक्षा गरून्, हेर्नुहाेस आजकाे राशिफल (२०८१/११/१५ गते)

आज २०८१ फाल्गुन १५ गते विहीवारको राशिफल ।

Advertisement

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक सम्बन्धलाई सुधार गर्ने दिन रहेको छ। शत्रुहरू पराजित हुनेछन्। आत्मीयजनको सानिध्यताले मनमा स्फूर्ति जाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

Advertisement

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धर्म कर्ममा रुचि बढ्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा कठोर निर्णय लिने समय रहेको छ। भविष्यलाई लिएर विशेष योजनाहरू बन्नेछन् आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा मेहनतले गर्दा कठिन लक्ष्य हासिल गर्न सकिनेछ। व्यापार व्यवसायमा अप्ठ्यारा परिस्थितिहरूसंग सम्झौता गर्नुपर्ला। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। सन्तानको प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। कार्यक्षेत्रमा शत्रुहरूले कमजोरीको फाइदा उठाउन सक्लान् सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) नोकरी वा पेशामा संवैधानिक पदको मर्यादा राख्नुहोला। ठुलो भागको आसा नराखिकन कर्म गर्ने प्रयास गर्नुहोस्। श्रमको उचित मूल्यांकन मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पद प्रतिष्ठामा वृद्धि हुनेछ। दिन उर्जावान रहनेछ। सानो प्रयासले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। परिस्थितिवस चिताएको काम सम्पादन नहुन सक्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा लाभ रहनेछ। कार्यक्षेत्रमा मनपर्दो कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। युवा वर्गहरूको इष्टमित्रहरूसँग रमाइलो समय बित्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कठिन काम बन्नाले मनमा उत्साह जगाउनेछ। धार्मिक र सामाजिक कार्यमा व्यस्त रहनुपर्ला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। पौष्टिक भोजनको सेवन गर्नुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। विद्यार्थी वर्गहरूलाई पठनपाठनमा मन लाग्नेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) दोहोराएर प्रयत्न गर्दा कार्यमा राम्रो सफलता मिल्नेछ। विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। आफन्तहरूको सोचेजस्तो सहयोग नमिल्ला। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) प्रियजनहरूको भेटघाटले मन प्रशन्न रहनेछ। व्यापारको सम्बन्धमा गरिएको यात्रा लाभदायी रहनेछ। अरुको झैँ झगडा सुल्झाउन आफू अगाडि नबढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा परिश्रम अनुसार फलको प्राप्ति हुनेछ। वैदेशिक भ्रमणको लागि अवसर प्राप्त होला। राजकीय र प्रशासनिक क्षेत्रमा सहयोग मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

साभार: हाम्रोपात्रो

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article