कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता : हामी जिउँदा लास!

हामी जनता जिउँदा लास हौं
हामी कसैका लागि खास हौं
हामी कसैका लागि दास हौं
हामी कसैका लागि गाँस हौं!

हामी कसैका लागि भेडा हौं
हामी कसैका लागि टेडा हौ
कसैका लागि भने अन्धेरा हौं
हामी सास फेर्ने मृत भेडा हौं!

हाम्रै उन काटी हाम्लाई बोकाइ
हाम्रो हड्डी काटी हाम्लाई टोकाइ
हामी जिउँदा लास रहेछौ केवल
हाम्रो हड्डी देखाइ भन्छन् को खाइ!

चुनाव ताका त हाल्दिछन् चारो नुन
चुनाव जितेपछि आफू बोक्छन् सुन
चुनाव पछि त आवाज उठाए भन्छन्
यी सबै क-कस्का झोले पिछलुङ्गा हुन्!
धन्यवाद।
शुभ बिहानी।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)