हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ शिविरमा ६४१ ले सेवा लिए

बिर्तामोड, १६ फागुन : बिर्तामोड नगरपालिकाले आयोजना
गरेको पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङ सम्बन्धि निशुल्क स्वास्थ्य शिविरमा ६ सय ४१ जनाले सेवा लिएका छन् ।

Advertisement

३० वर्षदेखि ६० वर्ष उमेर समुहका महिलाहरुका लागि फागुन ११ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको शिविरमा प्रजनन् स्वास्थ्य रुग्णता सेवा अन्तर्गत स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला, आङ खस्ने समस्या सम्बन्धिको जाँचमा ६ सय ४१ जनाले सेवा लिएको नगरअस्पतालकी सिनियर नर्सिङ अधिकृत ओमकुमारी गुरुङले जानकारी दिनुभयो ।

Advertisement

नगरपालिकाले ४ वटा स्थानमा शिविर सञ्चालन गरेको थियो ।आधारभुत स्वास्थ्य केन्द्र वडा नम्बर १मा १ सय ३५ जना, वडा नम्बर ९ मा १ सय १८ जना, वडा नम्बर १० मा १ सय ४६ जना र नगरअस्पतालमा २ सय ४२ जनाले सेवा लिएको जनाईएको छ ।

शिविरमा १ सय १ जनामा पाठेघर खस्ने (युटेरो भजाइनल प्रोल्याप्स) , ३ जनामा स्तनमा गाँठागुठी र २२ जनामा पाठेघरको विभिन्न समस्या पाईएको नर्सिङ अधिकृत दिपा श्रेष्ठले जानकारी दिनुभयो । यि मध्ये १९ जनालाई अन्य अस्पतालमा रेफर गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)